रातोपाटीन्यूज, बाह्रबिसे। सिन्धुपाल्चोककै नमूना क्षेमादेवी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको छैठौं अधिबेशन तथा १६ औं अधिबेशनबाट सर्वसहमत रुपमा नयाँ संचालक समिति चयन भएको छ ।
बाह्रबिसे नगरपालिका–४ स्थित उक्त सहकारीमा नयाँ संचालक समितिमा ज्ञानेन्द्रप्रसाद श्रेष्ठ पुन अध्यक्षमा सर्वसहमत चयन भएका छन् । समितिको उपाध्यक्षमा चमेली श्रेष्ठ, सचिवमा ईश्वरलाल श्रेष्ठ, कोषाध्यक्षमा यज्ञश्वर श्रेष्ठ सर्वसम्मत छनौट भएका हुन् ।
त्यस्तै सदस्यहरुमा कुवेर श्रेष्ठ, राजेशकुमार श्रेष्ठ(जयकाम), रमेशकाजी श्रेष्ठ, सुरेन्द्र श्रेष्ठ, तुसार श्रेष्ठ, मेनुका श्रेष्ठ र जयलक्ष्मी श्रेष्ठ चयन भएका छन् । लेखा तथा सुपरिवेक्षण समिति संयोजकमा बालकृष्ण श्रेष्ठ, सदस्यहरुमा सूर्यमाया श्रेष्ठ र राम श्रेष्ठ छनौट भएका छन् । आगामी चार बर्षे कार्यकालका लागि सो समिति चुनिएको व्यवस्थापक राजन श्रेष्ठले बताएका छन् । समितिमा नयाँ र पूराना अनुहार चयन भएका छन् ।
२०६५ सालमा बाह्रबिसेका ६० जना सदस्य मिलेर खोलेको क्षेमादेवी बचत तथा ऋृण सहकारी संस्था सोही साल कातिक २८ गते डिभिजन सहकारी कार्यालय धुलिखेलमा बिधिवत दर्ता भई सदस्यको आर्थिक, सामाजिक, साँस्कृतिक स्तर उठाउने कार्य गर्दे आईरहेको छ ।
बाह्रबिसे नगरपालिका, त्रिपुरासुन्दरी गापा–३, बलेफी गापा–८ र त्यहाँका केही वडाहरु सो सहकारीको कार्यक्षेत्र रहेको छ । सबै कार्यक्षेत्रमा ४ हजार ७८ सदस्य रहेका छन् । २७ करोड ३८ लाख ९८ हजार ७० रुपियाँ कूल सम्पत्ति तथा दायित्व रहेको उक्त सहकारीको नियमित ऐच्छिक बचत, बाल बचत, आवधिक १ बर्षे, २ बर्षे, ३ बर्षे बचत, जेष्ठ नागरिक बचत खाता, मासिक बचत, शेयर बचतका साथै ऋणतर्फ सामूहिक÷ब्यक्तिगत जमानी ऋण, घरजग्गा ऋण, सवारीसाधान ऋण, व्यापार÷व्यवसाय ऋण, कृषि तथा पशुपालन ऋण उपलब्ध गराउदैं आएको सचिव ईश्वरलाल श्रेष्ठले जानकारी दिएका छन् ।
बाह्रबिसे नगरपालिका–४ बाह्रबिसे बजारमा मुख्य कार्यालय रहेको सो सहकारीको जम्बु, लामोसाँघुमा सदस्य सेवा केन्द्रबाट सदस्यलाई सेवा दिदैं आएको छ । सदस्य राहतकोषमा ११ लाख ३५ हजार ९०२ रुपियाँ रहेको छ । १७ करोड ४५ लाख ८ हजार ५६३ रुपियाँ रहेको छ भने सेयर पुँजी २ करोड २२ लाख ६८ हजार चार सय रुपियाँ, २१ करोड ४७ लाख ३७ हजार ५४९ रुपियाँ ५० पैसा निक्षेप रहेको छ । सहकारीसंग कारोबार गरेर उत्कृष्ट हुनेहरुलाई सो सहकारीले नगदसहित सम्मान गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)
प्रतिक्रिया दिनुहोस्