images
images
  • धार्पा युवा क्लबले विद्यालयहरूमा शैक्षिक सामग्री वितरण गर्यो

    चौथो संस्करणको मालिका देवी कप खुल्ला सेभेन ए साइड फुटबल प्रतियोगिताको विजेता धार्पा युवा क्लबले बाह्रबिसे नगरपालिकाका विद्यालयहरूमा शैक्षिक सामग्री वितरण गरेको छ ।

    क्लबले विजेता पुरस्कारबाट प्राप्त १ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ बराबरको रकमले बाह्रबिसेका विभिन्न विद्यालयमा पुस ११ र १२ गते (बिहीबार र शुक्रबार) २५०० थान कापी, २५०० थान कलम र अन्य खेलकुद सामग्री वितरण गर्ने क्लबका सदस्य श्री गणेश लामाले जानकारी दिएका छन्।

    मेलचौर युवा जागरण समाजद्वारा आयोजित प्रतियोगिता गत कात्तिक १० गते चौतारा साँगाचोकगढी नगरपालिका-७ मेलचौरस्थित दरबारडाँडा खेल मैदानमा सम्पन्न भएको थियो। सो फाइनल खेलमा सुनकोसी गाउँपालिका वडा नं ३ विरुद्ध ३–० गोलको सहज जित निकाल्दै धार्पा युवा क्लबले उपाधि जितेको थियो।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्

    भर्खरै