images
images
  • नागार्जुनका मेयर बस्नेतमाथि भ्रष्टाचार र शुद्धीकरणको मुद्दा दायर,२२ करोड बढी बिगो दाबी

    काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौंको नागार्जुन नगरपालिकाका नगर प्रमुख (मेयर) मोहनबहादुर बस्नेतविरुद्ध आइतबार विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको छ ।

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाली कांग्रेसबाट निर्वाचित बस्नेत सहित पत्नी उर्मिला बस्नेत र पद्मा कोलोनीका सञ्चालक राजुप्रसाद कँडेल साथै पद्मा कोलोनी र पद्मा मर्चेन्ट प्रालिविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगलेमेयर बस्नेतमाथि ९ करोड २२ लाख ४६ हजार ३२ घुस लिएको र सम्पत्ति शुद्धीकरण अन्तर्गत १३ करोड १२ लाख ७३ हजार ३२ बिगो दाबी गर्दै मुद्दा दायर गरेको हो ।

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बस्नेतमाथि भ्रष्टाचारसँगै सम्पत्ति शुद्धीकरणको आरोपमा मुद्दा दायर गरेको हो ।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्

    भर्खरै