images
images
  • कुनैपनि राजनीतिक दलहरु युवा बिना अघि बढ्न सक्दैनन् : देउवा

    काठमाडौं । नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले युवा बिना कुनैपनि राजनीतिक दलहरु अघि बढ्न नसक्ने बताएका छन् ।

    आईतवार काठमाडौंमा पार्टी निकट नेपाल लोकतान्त्रिक खेलकुद संघ महाधिवेशन केन्द्रिय निर्देशन समितिले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

    उनले कुनैपनि राजनीतिक दलमा युवा पुस्ता नभएसम्म पार्टी अघि बढ्न नसक्ने बताए । उनले खेलकुदमा युवाहरु बढी हुने भएकाले काँग्रेसले युवासँग जोडिन खेलकुद क्षेत्रलाई बढी प्राथमिकता दिनुपर्ने बताए ।

    ‘नेपालमा खेलकुद जगतमा बढी ब्यस्त लागेका साथीहरुले हाम्रो पार्टीलाई पनि मजबुत बनाउनसक्छ । कुनैपनि पार्टीमा युवा पुस्ता जबसम्म हुँदैन, तबसम्म त्यो पार्टी अघि बढ्न सक्दैन,’ उनले भने ‘खेलकुदमा युवाहरु बढी हुने भएकाले हामीले जोड दिनुपर्छ । सबै साथीहरु लागेर खेलकुद जगतलाई बढाउनुपर्छ । हाम्रो पार्टीबाट पूरा सहयोग छ ।’

    उनले खेलकुद स्वस्थ शरीरका लागि महत्वपूर्ण रहेको बताए । ओलम्पिक कमिटीको विवादमा सर्वोच्च अदालतले मानेको रुक्मसमशेर राणाहरु मिलेर बनाएको कमिटीलाई मान्नुपर्ने र लागू गर्नुपर्ने बताए ।

    सभापति देउवाले खेलकुद जगतलाई नेपाली काँग्रेसले सहयोग गर्ने प्रतिवद्धता जनाए ।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्

    भर्खरै