images
images
  • श्रीलंकाको लागि नेपाली राजदुतमा पूर्णबहादुर नेपाली सर्वसम्मत अनुमोदित

    काठमाडौं । श्रीलंकाको लागि नेपाली आवासीय राजदुतमा पूर्णबहादुर नेपालीको नाम सर्वसम्मत अनुमोदन भएको छ ।

    आईतवार सिंहदरबारमा बसेको संघीय संसदअन्तर्गतको संसदीय सुनुवाइ समितिले नेपालीलाई श्रीलंकाको आवासीय राजदुत र माल्दिभ्सको लागि गैरआवासीय राजदुतमा अनुमोदन गरेको हो ।

    बैठकपछि समिति सभापति ईश्वरीदेवी न्यौपानेले समितिले सर्वसम्मत रुपमा नेपालीको नाम अनुमोदन गरेको बताइन् ।

    सरकारले गत मंसिर १६ गते नेपालीलाई प्रजातान्त्रिक समाजवादी गणतन्त्र श्रीलंकाका लागि नेपालको आवासीय राजदुत र गणतन्त्र माल्दिभ्सको गैरआवासीय नेपाली राजदुत पदमा प्रश्ताव गरी पठाएको थियो ।

    समितिले राज्यका कुनैपनि निकायमा सिफारिस गर्दा समावेशीतामा ध्यान दिन आग्रह समेत गरेको छ । समितिले राजदुतमा सिफारिस गर्दा समावेशी बनाएको भन्दै सरकारलाई धन्यवाद समेत दिएको छ ।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्

    भर्खरै