काठमाडौं– नेकपा एकीकृत समाजवादी पार्टीका पोलिटब्यूरो सदस्य तथा सुदूरपश्चिम प्रदेश सरकारका पूर्वमन्त्री नरेश शाहीले ‘स्वाभिमान सुदूरपश्चिम’ अभियान घोषणा गरेका छन्।
राज्यले सुदूरपश्चिम प्रदेशलाई विभेद गरेको भन्दै शालीन विद्रोह स्वरुप उनले उक्त अभियानको घोषणा गरेका हुन्।
प्रदेश सरकारका पूर्व आर्थिकमामिलामन्त्रीसमेत रहेका उनले प्रदेशमा रहेका विभिन्न पार्टीका नेता कार्यकर्ता, स्वतन्त्र व्यक्ति, नागरिक समाज तथा समाजका प्रबुद्ध व्यक्तिहरूसँगको निरन्तर छलफलपछि स्वाभिमान सुदूरपश्चिम अभियान सुरु गर्ने तयारी गरेका हुन्।
‘सुरुबाटै सुदूरपश्चिम प्रदेशमाथि विभेद गरिएको छ । पूर्वको कुनै जिल्ला बराबरको बजेट पनि प्रदेशमा नआउनु विडम्बना हो’, शाहीले भनेका छन्, ‘अब सुदूरपश्चिममाथि हामी विभेद गर्न दिँदैनौं । हामी विद्रोह गर्दैछौं। सशक्त विरोध गर्छौं।’
स्वाभिमान सुदूरपश्चिम नामक अभियानमा सुदूरपश्चिमलाई विशेष प्रदेशको माग गरिएको छ। विशेषाधिकारसहित क्षतिपूर्ति दिइनुपर्ने, आर्थिक उत्पादनबाट रोजगारी सृजना गर्न लगानी प्रवर्द्धन गरी गरिबी निवारण गर्नुपर्ने, स्रोतको बाँडफाँटमा सुदूरपश्चिमले आफ्नो हिस्सा पाउनुपर्ने, राजनीतिक नियुक्तिमा प्रदेशको सम्मानजनक उपस्थिति हुनुपर्ने माग राखिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)
प्रतिक्रिया दिनुहोस्