images
images
  • २०२४ प्रेस स्वतन्त्रता तथा पत्रकार सुरक्षामा चुनौतीपूर्ण

    काठमाडौं– नेपाल पत्रकार महासंघले सन् २०२४ प्रेस स्वतन्त्रता तथा पत्रकार सुरक्षाको सवालमा चुनौतीपूर्ण वर्ष रहेको जनाएको छ ।

    समाचार लेखेको तथा सूचना मागेका कारण पत्रकारमाथि धम्की दिने, गिरफ्तार र हत्या गर्नेसम्मका घटनाका कारण सन् २०२४ प्रेस स्वतन्त्रताको सवालमा चुनौतीपूर्ण देखिएको हो ।

    पत्रकार महासंघको सञ्चार अनुगमन शाखामा यो वर्ष प्रेस स्वतन्त्रता हननका ६० घटना अभिलेख भएका छन् । विगतका वर्षको तुलनामा यस वर्ष प्रेस स्वतन्त्रता हननका घटनामा वृद्धि भएको महासचिव रामप्रसाद दाहालले जानकारी दिए ।

    उनका अनुसार सन् २०२३ मा प्रेस स्वतन्त्रता हननका ५८ र सन् २०२२ मा ५३ वटा घटना अभिलेख भएका थिए । यस वर्ष अभिलेख भएका प्रेस स्वतन्त्रता हननका ६० घटनामध्ये ३४ जना पत्रकार महिला र ११३ जना पुरुष पत्रकार पीडित भएका छन् ।

    महासचिव दाहालले १३ वटा सञ्चार संस्था पनि प्रभावित भएका जानकारी दिए ।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्

    भर्खरै