images
images
  • बढ्यो पेट्रोलको मूल्य,हवाई इन्धनको घट्यो

    काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले आज विज्ञप्ति जारी गर्दै यसबारेमा जानकारी दिएको छ ।

    इण्डियन आयल कर्पोशनबाट पेट्रोल, डिजेलको मूल्य बढेर आएको र हवाई इन्धनको मूल्य भने घटेर आएकाले मूल्य समायोजन गरिएको निगमले जनाएको छ ।

    अब पेट्रोल प्रतिलिटर पहिलो वर्गमा १६०.५०, दोस्रोमा १६२ र तेस्रोमा १६३ रुपैयाँ भएको छ भने डिजेल पहिलो वर्गमा १५०, दोस्रोमा १५२ र तेस्रोमा १५३ रुपैयाँ भएको छ ।

    त्यस्तै, हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर १२६ रुपैयाँ र अन्तराष्ट्र्रियतर्फ प्रतिकिलोलिटर काठमाडौंमा ९६०, पोखरामा ७९३ र भैरहवामा ७७८ डलर रहेको निगमले जनाएको छ ।

    नेपाल आयल निगमद्धारा जारी प्रेस विज्ञप्ति

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्

    भर्खरै