images
images
  • पाँच देशका लागि नवनियुक्त राजदूतले लिए शपथ

    काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विभिन्न मुलुकका लागि नियुक्त भएका पाँच जना राजदूतहरूलाई पद तथा गोपनीयताको शपथ गराएका छन् ।

    राष्ट्रपति भवन शीतलनिवासमा बुधबार राष्ट्रपति पौडेलले पोर्चुगल, दक्षिण कोरिया, बेल्जियम, मलेसिया र डेनमार्कका लागि नियुक्त भएका राजदूतहरूलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् ।

    प्रकाशमणि पौडेललाई पोर्चुगल, प्रा.डा. कपिलमान श्रेष्ठलाई दक्षिण अफ्रिका, सेवा लम्साललाई बेल्जियम, डा. नेत्रप्रसाद तिम्सिनालाई मलेसिया र सुम्निमा तुलाधरलाई डेनमार्कको राजदूतका रूपमा शपथ ग्रहण गराइएको राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिइन् ।

    शपथ ग्रहण समारोहमा परराष्ट्रमन्त्री डा. आरजु राणा देउवासँगै नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरूको समेत उपस्थिति रहेको थियो ।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्

    भर्खरै