![](https://ratopatinews.com/wp-content/uploads/2025/01/aig-tek-tamang.png)
काठमाडौं । प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) टेकबहादुर तामाङलाई काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीको प्रमुखको जिम्मेवारी दिइएको छ ।
मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले एआइजी तामाङलाई कार्यालय प्रमुखको रूपमा सरूवा गरेको हो ।
कार्यालयमा प्रमुख रहेकी एआइजी किरण बज्राचार्य मंगलबारदेखि अवकाशमा गएकी थिइन् । उनी अवकाशमा गएसँगै उनको ठाउँमा तामाङलाई पठाइएको हो । तामाङ यसअघि अपराध अनुसन्धान विभागका प्रमुख थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)
प्रतिक्रिया दिनुहोस्