भारतका चर्चित गायक अरमान मलिक अब विवाहित जीवनमा प्रवेश गरेका छन्। उनले आफ्नो प्रेमिका आश्ना श्राफसँग विवाह गरेका छन्, र यसका तस्बिरहरू बिहीबार सार्वजनिक गरेका छन्। अरमान र आश्नाले विवाहको यो खुसीको घडी सामाजिक सञ्जालमा सेयर गर्दै, अरमानले लेखेका छन्, “तिमी नै मेरो घर।”
सन् २०२३ को अगस्टमा यी दुई प्रेमी जोडीले इन्गेजमेन्टको घोषणा गरेका थिए, जुन उनका फ्यानहरूका लागि एक सुखद आश्चर्यको रूपमा आएको थियो। अरमानले त्यस समय केही तस्वीरहरू सेयर गर्दै यसको जानकारी दिएका थिए।
आश्ना श्राफ एक जानीमानी फेसन ब्लगर, युट्युबर र सोसल मिडिया इन्फ्लुएन्सर हुन्। उनी फेसन र सौन्दर्यको क्षेत्रमा काम गर्दै, कस्मोपोलिटन लक्जरी फेसन इन्फ्लुएन्सर अफ द इयर २०२३ का रूपमा सम्मानित भएकी थिइन्। आश्ना इन्स्टाग्राममा १० लाखभन्दा बढी फलोअर्सलाई आकर्षित गर्दै, फेसन उद्योगका प्रमुख ब्रान्डहरूसँग सहकार्य गरिसकेकी छन्।
आशनाले प्रमुख भारतीय डिजाइनरहरू जस्तै तरुण ताहिलियानी र मनिष मल्होत्रासँग काम गरेकी छन्। साथै, उनले दुनियाँभरका लक्जरी ब्रान्डहरूको कार्यक्रममा भाग लिएकी छन्। २०१३ मा उनले “द स्नोब शप” नामक आफ्नो अनलाइन व्यवसाय सुरु गर्दै, फेसन संसारमा आफ्नो स्थान बनाएकी थिइन्। अहिले आश्नासँग लगभग ३७ करोड रुपैयाँको सम्पत्ति रहेको अनुमान गरिएको छ।
अरमान मलिक, जसको संगीतले हरेकदिलमा स्थान बनाएको छ, उनलाई “मे रहूँ या नरहूँ”, “बोल्दो ना जारा”, “हुवा हे आज पेहली बार” जस्ता गीतहरूले लोकप्रियता दिलाएको छ। अरमानका बारेमा पनि भनिन्छ कि उनका पास ३७ करोड रुपैयाँको सम्पत्ति छ, जसको प्रमुख स्रोत उनका संगीत र ब्रान्ड साझेदारीहरू हुन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)
प्रतिक्रिया दिनुहोस्