images
images
  • बालेन शाहको गायन यात्रा: “लाज शरणम्” फिल्ममा संगीत र स्वर

    काठमाडौं महानगरपालिकाका मेयर र चर्चित र्यापर बालेन शाहले अब आफ्नो संगीत यात्रा पनि सुरु गरेका छन्। उनले आगामी फिल्म लाज शरणम् को लागि हिपहप शैलीको गीत रेकर्ड गरेका छन्। यस गीतको शब्द, संगीत र स्वर बालेनले दिएका छन्।

    फिल्म निर्माता जेपीटी क्रिएसनका प्रमुख अर्जुन घिमिरेका अनुसार, “बालेनजीले गीतको रेकर्ड पूरा गरिसकेका छन्। अहिले बाँकी काम गायक मिस्टर डीले गरिरहेका छन्।”

    यो गीत हालै रेकर्ड गरिएको हो र फिल्मको रिलिज अघि सार्वजनिक गरिने योजना बनाइएको छ। लाज शरणम् फिल्म १४ फागुनमा रिलिज हुने जानकारी पनि प्राप्त भएको छ।

    अर्जुन घिमिरेका अनुसार, लाज शरणम् नेपाली समाज र संस्कृति झल्काउने कथामा आधारित फिल्म हो। बालेन शाहलाई जब यो विषय थाहा भयो, उनले खुशी हुँदै गीत रेकर्ड गर्न तयार भएका थिए।

    बालेन शाहका लोकप्रिय गीतहरूमा बलिदान, स्याभेज, मार्फाको मदिरा, गोर्खाली तोपयथार्थ पर्छन्। स्पोटीफाइमा उनका गीतहरू मासिक १५,७०० पटक सुन्ने गरिन्छ।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्

    भर्खरै