images
images
  • भोटेकोशी कांग्रेस कार्यकर्तालाई प्रशिक्षण

    रातोपाटीन्यूज, सिन्धुपाल्चोक । भोटेकोशी गाँउपालिका वडा २ तातोपानीमा नेपाली कांग्रेसका भोटेकोशी गाँउपालिकाका पदाधिकारी, वडा पदाधिकारी र स्थानीय नेता तथा कार्यकर्तालाई प्रशिक्षण दिइएको छ ।

    नीति अनुसन्धान तथा प्रशिक्षण सिन्धुपाल्चोक शाखा प्रमुख दोर्जे लामाले कांग्रेसका नेता तथा कार्यकर्ताहरुको क्षमता अभिवृद्धीका लागि प्रशिक्षण दिइएको जानकारी दिनुभएको छ । कांग्रेस जिल्ला उपसभापतिसमेत रहेका लामाले प्रशिक्षणद्धारा उत्साह थपिएको बताउनुभयो ।

    ८० जना नेता तथा कार्यकर्तालाई प्रशिक्षण दिइएको छ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य मधु आचार्य र नेपाल बिद्यार्थी संघका पूर्व महामन्त्री तथा महासमिति सदस्य बलदेव तिमिल्सनाले प्रशिक्षण दिनुभएको थियो ।

    नेता तिमिल्सनाकानुसार स्थानीय नेता तथा कार्यकर्तालाई नेतृत्व विकास, कांग्रेसको इतिहास, सिद्धान्त, निति तथा कार्यक्रम र उदेश्यजस्ता विषयबस्तुमा प्रशिक्षण दिइएको थियो ।

    जिल्लामै स्थानीयस्तरमा प्रशिक्षण हुँदै गर्दा जिल्लाभर उत्साह छाएको उहाँले बताउनुभयो ।

    भोटेकोशी गापाबाट सुरु भएको यस प्रशिक्षण कार्यक्रम सम्पूर्ण स्थानीय तहभर गरिने र पालिकाले वडा तहमा लैजाने कार्ययोजना रहेको नीति अनुसन्धान तथा प्रशिक्षण सिन्धुपाल्चोक शाखाले जनाएको छ ।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्

    भर्खरै