images
images
  • ‘सहकारीका असल अभ्यास उजागर गर्नुपर्छ’– अध्यक्ष थापा

    रातोपाटीन्यूज, सिन्धुपाल्चोक । जिल्ला सहकारी संघ लिमिटेड सिन्धुपाल्चोकका अध्यक्ष दिपकबिक्रम थापाले सहकारीहरुका असल अभ्यासका बारे उजागार गर्न सबै लाग्नु पर्ने बताएका छन् ।

    शनिबार सुकुटेमा संघको ३१ औं साधारणसभालाई सम्बोधन गर्दै उनले पछिल्ला समय सहकारी क्षेत्रमा समस्याहरु देखा परेपनि त्यस्ता समस्या न्यून गर्न सहकारीहरु नै सावधानी हुनुपर्ने अध्यक्ष थापाले बताएका हुन ।

    जिल्लाको तीन नगरपालिका र नौ गाउँपालिकामा रहेका सहकारीहरुलाई व्यवस्थित बनाउदै सदस्यका आर्थिक, सामाजिक, साँस्कृतिक पक्षको रुपान्तरणमा लाग्न सहकारीहरुलाई आग्रह गर्दै सहकारीमार्फत सदस्यका चौत्तफी बिकासमा जिल्ला सहकारी संघ शसक्त रुपमा लागिरहेको पनि उनले बताए ।
    त्यस्तै प्रमुख अतिथि समेत रहेका त्रिपुरासुन्दरी गाउँपालिकाका अध्यक्ष भक्तध्वज बोहराले सहकारीहरुले ग्रामीण अर्थतन्त्र सुदुढ गर्न उनीहरुलाई गाउँपालिकाले साथ दिने बताए ।

    सहकारी मार्फत कृषि क्षेत्रलाई प्राथमिकता दिई काम गर्न सके किसानका आर्थिक उन्नतीमा परिर्वतन आउने उनको धारणा थियो । त्यस्तै सहकारीले जनताका आर्थिक, सामाजिक, साँस्कृतिक पक्षमा सवलीकरण गर्ने काम गर्न त्रिपुरासुन्दरी गापा–२ का अध्यक्ष रमेश राउतले सहकारीलाई सुझाव दिए ।

    सुनकोशी गापा–६ का अध्यक्ष चक्र बस्नेतले सहकारीले नै ग्रामीण भेगको जीवनयापनमा सुधार ल्याउने दावी गरे ।

    संघका संस्थापक अध्यक्ष भूपेन्द्रबहादुर थापा, पूर्व अध्यक्ष कृष्णभक्त नेपाल, नेपाल पत्रकार महासंघ केन्द्रीय परिषद सदस्य चित्रकुमार मिजार लगायतले सहकारी क्षेत्रमा देखा परेका समस्याहरु समाधानको नेतृत्व संघले लिनुपर्ने धारणा ब्यक्त गरेका थिए ।

    बरिष्ठ उपाध्यक्ष आशिष खड्काले संचालन गरेका कार्यक्रममा जिल्लाभरका बिभिन्न सहकारी संस्थाका अध्यक्ष, व्यवस्थापक, प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

    उक्त कार्यक्रममा उत्कृष्ट शेयर खरिदतर्फ लामोसाँघु बचत तथा ऋण सहकारी संस्था लि, सिगार्चे साकोसका साथै अन्य दुई सहकारीलाई, नियमित बचततर्फ चण्डेश्वरी महिला साकोस् चौतारा लगायतका बिभिन्न बिद्यामा उत्कृष्ट हुने सहकारी सघं संस्थालाई सम्मान गरिएको थियो ।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्

    भर्खरै