images
images
  • एमाले केन्द्रिय समिति आज पनि, सदस्यहरूले धारणा राख्ने क्रम जारी

    सत्तारूढ दल नेकपा एमालेको केन्द्रिय समितिको बैठक साेमवार पनि जारी रहनेछ ।हिजाे देखी सुरू भएकाे बैठकमा अध्यक्ष केपी शर्मा ओलीले पेश गरेकाे राजनीतिक प्रतिवेदनमाथी बैठकमा छलफल हुनेछ । बैठक बिहान ११:०० बजेवाट केन्द्रीय कार्यालय, च्यासल, ललितपुरमा निरन्तरता पाउनेछ ।

    जसअनुसार आजको बैठकमा पेश गरिएकाे राजनीतिक प्रतिवेदनमा देशको पछिल्लो राजनीतिक विषयसहित एमाले र कांग्रेसका बिचको सहकार्यका बिषयमा पनि उल्लेख गरिएको छ । जसमाथी केन्द्रिय सदस्यहरूले धारणा राख्न सुरू गर्नेछन् ।

    साथै, सरकार गठनयताको ६ महिनाको समीक्षा प्रतिवेदन, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थितिका बिच पार्टीलाई कसरी अघि बढाउने बिषयमा केन्द्रिय सदस्यले आ–आफनो धारणा राख्नेछन् ।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्

    भर्खरै