images
images
  • गृहका १२ सहसचिव र उपसचिवको सरुवा, काठमाडौंसहित ७ जिल्लाका सीडीओ हेरफेर

    काठमाडौं– गृह मन्त्रालयले १२ सहसचिव तथा उपसचिवको सरुवा गरेको छ । सरुवामा काठमाडौंसहितका ७ जिल्लाका प्रमुख जिल्ला अधिकारी हेरफेर गरेको छ ।

    सरुवा सूची अनुसार गृह मन्त्रालयका सहसचिव एवम प्रवक्ता ऋषिराम तिवारी काठमाडौंको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिइएको छ भने त्यहाँ रहेका जयनारायण आचार्यको मन्त्रालयमा सरुवा भएको छ ।

    यस्तै मोरङका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराई, झापाका बन्धु बाँस्तोला र सुनसरीका रामचन्द्र तिवारीको पनि गृह यस्ते मन्त्रालयमा कार्यरत गोगनबहादुर हमाललाई कैलालीको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिएर त्यहाँका धर्मेन्द्रकुमार मिश्रलाई सुनसरीको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिइएको छ ।

    यस्तै मन्त्रालयमा कार्यरत तुलसीबहादुर श्रेष्ठलाई सर्लाही, मन्त्रालयमै कार्यरत इन्द्रदेव यादवलाई मोरङ, सर्लाहीका प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीको झापा र दांगका सहायक प्रमुख जिल्ला अधिकारी सावित्रा पुनलाई सल्यानको प्रमुख जिल्ला अधिकारीको जिम्म्वारी दिइएको छ ।

    saruwa-rotated-1736178076.jpg

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्

    भर्खरै