images
images
  • चलचित्र ‘दुखी आत्मा’ को टिजर सार्वजनिक

    काठमाडौं । फागुन २ गते रिलिज हुने फिल्म ‘दुखी आत्मा’ को ३ मिनेट भन्दा लामो टिजर सार्वजनिक भएको छ।

    दीपेन्द्र लामाको लेखन तथा निर्देशनमा तयार भएको यस फिल्ममा हिमाल कडरियाको लगानी रहेको छ। सुदिप ढकाल कार्यकारी निर्माता रहेको यो फिल्ममा आलोक शुक्लाको छायांकन र निमेष श्रेष्ठको सम्पादन छ।

    सार्वजनिक टिजरमा मुख्य दुई कलाकारहरू नायक दयाहाङ राई र नायिका आँचल शर्मा हाबी छन्। फिल्मलाई निर्माणपक्षले एडल्ट विषयवस्तुमा तयार पारेको छ, जसकारण फिल्म भित्र द्धिअर्थी संवादहरू प्रशस्त रहेका छन्। विशेषगरि आँचलको संवादले पनि यो कुरा बुझाउँछ।

    फिल्ममा अनुप विक्रम शाही, बुद्धि तामाङ, रेअर राई, पुष्कर गुरुङ, कविता आले, लोकेन्द्र लेखक, आरती आचार्य, आशान्त शर्मा, दिया मास्के, लुनिभा तुलाधर, शिशिर वाङ्देल लगायतका कलाकारहरूको अभिनय रहेको छ।

    टिजरले दर्शकलाई पेट मिचि मिची हसाउने क्षमताको छ। यसपटक, दयाहाङले आफ्नो काम गर्ने कथावस्तुको शैली परिवर्तन गरेका छन्। दया यो फिल्ममा रोमान्टिक साथै पीडित पनि देखिएका छन्। उनको पीडाको भाव के हो त्यो ट्रेलरले अझै खुलाउनेछ।

    प्रेम दिवसको अवसर पारेर रिलिजमा आउन लागेको यो फिल्मले दर्शकलाई हलसम्म तान्ने देखिएको छ। क्लक वर्क क्रियशनको व्यानरमा यो फिल्म निर्माण भएको हो।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्

    भर्खरै