images
images
  • सल्यानमा घरभित्रै मृत भेटिए दिदीबहिनी

    काठमाडौं । सल्यानको कुपिण्डे नगरपालिका–११, सिस्नेपातल भन्ने गाउँमा दिदीबहिनी नै घरभित्र मृत फेला परेका छन् ।

    जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरीक्षक (इन्सपेक्टर) बाबुराम बस्नेतका अनुसार बुधबार बिहान ३ वर्ष र ६ महिनाका दुई दिदीबहिनी मृत अवस्थामा फेला परेका हुन् ।

    उनीहरूसँगै आमा पुर्णिमा राना पनि घरमै थिइन् । बुवा टेकमान राना भने रोजगारीका लागि नुवाकोटमा बस्ने गरेको इन्सपेक्टर बस्नेतले जानकारी दिए ।

    ‘दुई जना छोरी र आमा सँगै एउटै घरमा बस्ने गर्नुभएको रहेछ,’ बस्नेतले अनलाइनखबरसँग भने, ‘बुवा नुवाकोटमा काम गर्नुहुँदो रहेछ । दुइवटै छोरीको मृत्यु भएको अवस्थामा भेटिएको छ ।’

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्

    भर्खरै