images
images
  • अदालतको आदेशपछि रास्वपामा खुसीयाली

    काठमाडौं । सहकारी ठगी प्रकरणमा पक्राउ परेका रास्वपाका सभापति रवि लामिछानेलाई धरौटीमा छाड्न अदालतले आदेश दिएको छ ।

    कास्की जिल्ला अदालतका न्ययाधिश नीतिज राईको इजलासले उनलाई ६५ लाख धरौटीमा छाड्न आदेश दिएको हो । सभापति लामिछानेलाई धरौटीमा छाड्ने अदालतको आदेशपछि रवि र रास्वपा समर्थक खुसी भएका छन् ।

    पोखरामा सभापति लामिछानेका समर्थकहरूले सडकमा नाराबाजी गरिरहेका छन् । ‘यो जित कसको, जनताको’, ‘रवि दाई हाइहाइ’ लगायतका नारा लगाइरहेका छन् ।

    पोखराका सडकमा रास्वपाका समर्थकहरूले भरिभराउ छ । सुरक्षाकर्मीको बाक्लो तैनाथी छ । अदालत क्षेत्रमा आवागमनमा कडाइ गरिएको छ ।

    अदालतले तोकेको धरौटी बुझाए पनि सभापति लामिछाने रिहा हुने अवस्था छैन । लामिछानेमाथि काठमाडौं जिल्ला अदालतमा पनि मुद्दा दर्ता भएकाले उनलाई काठमाडौं जिल्ला अदालतमा हाजिर गराउन ल्याइने छ ।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्

    भर्खरै