![](https://ratopatinews.com/wp-content/uploads/2025/01/1736443963687.jpg)
दिपेश रोक्का । सविन श्रेष्ठको निर्माणमा तयार भइरहेको वेब सिरिज ‘ए हजुरबा’ मा मोनिका बुढाथोकीले मुख्य भूमिकामा अभिनय गर्दैछिन्। सिरिजको निर्देशन दिनेश खड्काले गरिरहेका छन्।
प्रनुप थापाको कथा समेटिएको यो सिरिजमा सुलेमान शंकर ‘इकु’, प्रकाश श्रेष्ठ र बुढाथोकी मुख्य भूमिकामा छन्। सिरिजको पहिलो सिजन पाँच भागमा तयार हुनेछ।
कमेडी र प्रेमकथाको संयोजनमा आधारित यस सिरिजको छायांकन सुमन बजगाईंले गरिरहेका छन्। मनोरञ्जनपूर्ण कथावस्तुले दर्शकलाई आकर्षित गर्ने अपेक्षा निर्माण टोलीले गरेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)
प्रतिक्रिया दिनुहोस्