![](https://ratopatinews.com/wp-content/uploads/2025/01/teacher.jpg)
काठमाडौं । माध्यमिक तहका शिक्षकका लागि जागिर खुलेको छ । शिक्षक सेवा आयोगले सामुदायिक विद्यालयको माध्यमिक तह, तृतीय श्रेणी, शिक्षक पदमा विभिन्न विषयका लागि ३६८ जना शिक्षकको माग गरेको हो ।
न्यूनतम योग्यता पुगेका इच्छुक उम्मेदवारले आयोगको आधिकारिक अनलाइन दरखास्त प्रणाली https://online.tsc.gov/np/ बाट अनलाइन दरखास्त दिन सक्ने आयोगले जनाएको छ । यही माघ २८ गतेसम्म दरखास्त दिन सकिनेछ । डबल दस्तुर तिरेर फागुन ५ गतेसम्म दरखास्त दिन सकिने पनि आयोगले जनाएको छ ।
हेर्नुस् विज्ञापन :-
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)
प्रतिक्रिया दिनुहोस्