images
images
  • रविको मुद्दा न्यायाधीश अधिकारीको इजलासमा

    काठमाडौं । स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारीमा भएको आर्थिक अपचलन प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेविरुद्धको मुद्दा जिल्ला अदालत काठमाडौंका न्यायाधीश माधव अधिकारीको इजलासमा परेको छ ।

    न्यायाधीश अधिकारीको इजलासमा लामिछानेको बयानपछि थुनछेक बहस सुरू हुने जानकारी स्रेस्तेदार रामु शर्माले दिए । थुनछेकपछि उनलाई रिहा गर्ने वा थुनामा पठाउने भन्ने आदेश हुन्छ ।

    रवि लामिछाने आइतबार बिहान ९ः३० बजे नै अदालतमा उपस्थित भएका थिए । यसअघि कास्की जिल्ला अदालतले सूर्यदर्शन सहकारीको बचत रकम अपचलनको मुद्दामा लामिछानेलाई ६५ लाख धरौटीमा रिहा गर्ने आदेश दिएको थियो। उक्त आदेशपछि उनी काठमाडौंमा आफैं उपस्थित हुन अदालतमा हाजिर भएका हुन् ।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्

    भर्खरै