काठमाडौं । लोडसेडिङ हटाएको भनेर चर्चामा रहेका नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ आफ्नो बिपक्षमा बोल्नेहरुलाई तह लगाउँने अड्डी कसेर अघि बढेका छन् । लोकप्रियताको शिखरमा बसेर प्राधिकरणमा राणा शासन भन्दा चर्को शासन चलाउँन खोजेका घिसिङको निशानामा यतिबेला ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री दिपक खड्का परेका छन् ।
प्राधिकरणलाई करोडौं नोक्सान गराई संस्था धरासायी हुने निणर्य पटक पटक यिनै घिसिङ नेतृत्वमा भएको छ । लोकप्रियताको आडमा मनोमानी गर्ने बानी परेका कुलमान अहिले आफ्नो काण्ड ढाकछोप गर्ने न्वारनदेखिको बल लगाएर लागि परेका भेटिएको छ । सेटिङमा रेटिङमा मिलाएर आफन्त पोसेर गोजी गरम बनाउँन बानी उनी आफ्नो सबै धन्दा चौपट हुने भएपछि मन्त्रीसंग जुहारी खेलेर नाङगो नाच देखाइरहेका छन् । प्राधिकरणमा कुलमान घिसिङले के के गरे त्यो आगामी दिनमा देखाउँदै जाने छौै । तर त्यो भन्दा पहिले तामाकोशी पाँचौं हाइड्रो इलोक्ट्रिक परियोजनामा भएको करोडौं सेटिङको कुरा गरौं ।
प्राधिकरणका प्रवन्ध निर्देशक कुलमान घिसिङ र आयोजनाका प्रमुख कार्यकारी अधिकृत विनोद भण्डारीको योजनामा चिनियाँ कम्पनी चोङनान सीडब्लुटीडब्लु कम्पनीलाई ठेक्का दिनकै लागि पाँचौं पटक बोलपत्रको सूचना संशोधन भएको विषय फेला परेको छ । तामाकोशी पाँचौं हाइड्रो इलोक्ट्रिक परियोजनामा सेटिङ मिलाएर करौडौं रुपैयाँ कुम्ल्याउँन एउटा अमुख कम्पनीलाई ठेक्का दिनकै लागि यो हदसम्मको नौटंकीले घिसिङको वास्तवीक रुप उदाङगो भएको छ ।
३ अर्बभन्दा बढी लगानी लाग्ने सो इलेक्ट्रोमेकानिकलको ठेक्काका लागि तामाकोशी पाँचौं परियोजनाले सुरुमा ३० मे २०२४ मा बोलपत्रको सूचना प्रकाशित गरेको थियो । मुख्य शर्तहरुमा टर्वाइनको हाइड्रोलिक मोडल टेस्टिङ र सीएफडी मोडलिङको इनहाउस फ्यासिलिटी हुनुपर्ने अनिवार्य शर्त राखिएको थियो । तर, तेस्रो पटकको संशोधनमा चोङनान सीडब्लुटीडब्लु जेभीसँग नमिल्ने भएपछि पहिले राखेको शर्तलाई स्वाहा बनाएर आफुले भनेको कम्पनीलाई ठेक्का दिनकै लागि ३ महिनापछि सो शर्त प्रकाशन गरेको सुचनाबाट हटाइयो ।
बोलपत्रको सूचनामा प्रतिस्पर्धामा भाग लिनका लागि ३५ मेगावाट वा सो भन्दा बढीका २ वटा फरक फरक हाइड्रोपावर परियोजनामा २ वर्ष सञ्चालन गरिसकेको हुनुपर्ने सर्त पनि राखिएको छ । टर्वाइन जेनेरेटरमा काम गरेकोमा एक देश भित्र र अर्को देश बाहिर अनिवार्य रुपमा काम गरिसकेको हुनुपर्ने अनिवार्य सर्त थियो । तर, यसलाई दोस्रो संशोधनमा हटाएर ३५ मेगावाटको ठाउँमा २५ मेगावाट टर्वाइन जेनेरेटर हुनुपर्ने उल्लेख गरिएको देखिन्छ ।
त्यस्तै बोलपत्रमा प्रति युनिट जेनेरेटर ४० एमभीए वा सोभन्दा बढी हुनुपर्ने र २ बर्षभन्दा बढीदेखि सफलता पूर्वक सञ्चालन गरेको हुनुपर्ने उल्लेख थियो । तर चोङनान सीडब्लुटीडब्लुलाई ठेक्का दिलाउन सो सर्तलाई संशोधन गरि ३२ एमभीएमा झारिएको थियो । तेस्रो पटक गरिएको बोलपत्र संशोधन अक्टोबर २, २०२४ मा ट्वार्वाइनको क्षमता हिसाव गर्ने फर्मुलला समेत परिवर्तन गरि विडको सूचना प्रकाशित गरेको थियो । यसमा प्रत्यक्ष रुपमा टर्वाइनको क्षमता घटाएर तल्लो स्तरको कम्पनीको ट्वाइन खरिद गर्ने नियत राखियो भने यो चोङनान सीडब्लुटीडब्लु जेभीसँग मिल्ने सो प्रावधान राखियो । प्रि विड बैठकमा भेल, जगदम्बा इन्टरप्राइजेज नेपाल, वान वल्ड कर्पोरेशन प्रालि, पावर चाइना चोङनान इन्जिनियरिङ लिमिटेड, सीडब्लुटीडब्लु, आइसीटिसी, आइएमपीएसए अर्जेन्टीना र भोइत जस्ता चर्चित कम्पनीहरु सहभागी भएर प्रस्ताव हाल्न इच्छुक थिए ।
कहिले कहिले म्याद थपियो ?
३० मे २०२४ : २९ जुलाई २०२४ २ महिना २९ जुलाई २०२४ : २७ अगष्ट २०२४ १ महिना थप २७ अगष्ट २०२४ २३ सेप्टेम्बर २०२४ २८ दिन म्याद थप २३ सेप्टेम्बर २०२४ : २ अक्टोबर २०२४ १० दिन थप २ अक्टोर २०२४ : १७ अक्टोबर २०२४ १५ दिन म्याद थप प्रतिस्पर्धाको नाममा एउटा मात्रै कम्पनीको प्राविधिक प्रस्ताव पास भएसँगै विना प्रतिस्पर्धा तामाकोशी पाँचौको ठेक्का मिलाउने र करौडौं रकमको सेटिङ गर्न खोजिएको घाम जस्तै छलगं छ ।
२ महिनाको अवधी दिएर निकालिएको बोलपत्रको सूचना ५ पटक म्याद थप र संशोधन गरि ५ महिनाभन्दा भन्दा बढी समय लगाएर एकमात्र कम्पनीको प्राविधिक प्रस्ताव पारि आर्थिक प्रस्तावको समेत सूचना जारी गरिएको हुनाले पनि आफ्नो कालो कर्तुत छताछुल्ल हुने डरले अहिले कुलमान त्रसित छन ।
भिडियो लिकं यहाँ उपलब्ध छ:
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)
प्रतिक्रिया दिनुहोस्