images
images
  • राष्ट्रपति पौडेलद्धारा चार वटा अध्यादेश जारी

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार विभिन्न चार वटा अध्यादेश जारी गरेका छन् । मन्त्रिपरिषद् बैठकको सिफारिसमा राष्ट्रपति पौडेलले आज विभिन्न चार वटा अध्यादेश जारी गरेका हुन् ।

    नेपाल कार्यविधि तथा वित्तिय उत्तरदायित्व पहिलो संशोधन अध्यादेश-२०८१,नीजिकरण पहिलो संशोधन अध्यादेश-२०८१, आर्थिक तथा व्यवसायिक वातावरण सुधार, लगानी अभिवृद्धि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश-२०८१ र सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश–२०८१ जारी भएको राष्ट्रपति कार्यालयद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।

    गत शुक्रवार बसेको मन्त्रिपरिषद् बैठकले पाँच वटा अध्यादेश सिफारिसका लागि राष्ट्रपति समक्ष पठाएकामा राष्ट्रपतिले चार वटा अध्यादेश जारी गरेका हुन् ।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्

    भर्खरै