images
images
  • एसईई परीक्षाको तालिका सार्वजनिक

    काठमाडौं– २०८१ सालको माध्यामिक शिक्षा परीक्षा (एसईई) आगामी चैत ७ गतेबाट सुरु हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरले आज तालिका सार्वजनिक गर्दै चैत ७ गतेदेखि परीक्षा सुरु हुने जनाएको छ ।

    तालिकाअनुसार चैत ७ गते सुरु हुने परीक्षा १९ गतेसम्म सञ्चालन हुनेछ । परीक्षाको समय बिहान ८ देखि ११ बजेसम्म चल्नेछ ।

    परीक्षा तालिकाअनुसार पहिलो दिन चैत ७ गते अनिवार्य अंग्रेजी, ८ गते अनिवार्य नेपाली, चैत १० गते अनिवार्य गणित, १२ गते अनिवार्य विज्ञान विषयको परीक्षा हुनेछ ।

    यस्तो छ रुटिन :-

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्

    भर्खरै