
काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारले अध्यादेश ल्याएकामा गम्भीर आपत्ति जनाएका छन्।
सदन सामना गर्ने नैतिक साहस नभएका कारण केपी ओली नेतृत्वको सरकारले अध्यादेश ल्याएको उनले बताए। यसले वर्तमान सरकार सबभन्दा कमजोर, निरीह र गैरजिम्मेवार भएको प्रमाणित भएको जिकिर प्रचण्डले गरे।
‘सरकार उल्टो दिशामा छ। संवैधानिक परिषद्मा बहुमतको प्रयास, सदन बोलाउन सरकारले ढिला गरेर अध्यादेशबाट शासन गर्ने काम गरेको छ’, उनले भने, ‘अध्यादेश किन भने ऊसँग सदन फेस गर्ने नैतिक साहस छैन। यसले सरकार कमजोर सबभन्दा कमजोर, निरीह र गैरजिम्मेवार सरकार हो भन्ने पुष्टि हुन्छ। सदन चाँडो बोलाइयोस्।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)
प्रतिक्रिया दिनुहोस्