images
images
  • रविबारे अदालतको आदेश : कसुरदार होइनन् भन्ने अवस्था रहेन

    काठमाडौं- कालिमाटीस्थित स्वर्णलक्ष्मी बचत तथा सहकारी संस्थाको ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई कसुरदार नभएको भन्न नमिल्ने निष्कर्ष काठमाडौं जिल्ला अदालतले निकालेको छ ।

    बुधबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद अधिकारीको एकल इजलासले रविलाई ६० लाख धरौटीमा छाड्ने आदेश दिने क्रममा उनलाई कसुरदार होइनन् भन्न नसकिने निष्कर्ष निकालेका हुन् ।

    न्यायाधीश अधिकारीले रवि कसुरदार होइनन् भन्ने अवस्था नरहेको टिप्पणीसहित थुनेछकका क्रममा ६० लाख धरौटीमा छाड्ने आदेश दिएका हुन् ।

    उक्त आदेशमा लामिछानेले स्वर्णलक्ष्मी सहकारीको ऋण भुक्तान गरेको, गोरखा मिडिया प्रालिको खाताबाट एकल हस्ताक्षरमा विभिन्न मितिमा रकम भुक्तानी गरेको पनि देखिएको उल्लेख छ । त्यहीकारण रविलाई यस वारदातमा अहिले नै कसुरदार होइनन् भन्ने अवस्था नभएको अदालतले ठहर गरेको छ।

    न्यायाधीश अधिकारीले पछि प्रमाण बुझ्दै जाँदा ठहरे बमोजिम हुने भएकाले अहिलेलाई धरौटी माग्ने आदेश भएर तारेखमा छाड्ने निर्णय गरेका हुन् ।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्

    भर्खरै