images
images
  • खोला मात्र हैन टुँडिखेल,खुल्लामञ्च पनि कार्यकर्तालाई दिने अध्यादेश पास भएछ : बालेन शाह

    काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह(बालेन) ले राष्ट्रपति रामचन्द्र पौडेलबाट बुधवार जारी भएको भूमि सम्बन्धी अध्यादेशप्रति असन्तुष्टि जनाएका छन् ।

    उनले प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाको हात मिलाएको फोटोमाथि स्टाटस लेख्दै उक्त अध्यादेशप्रति असन्तुष्टि जनाएका हुन् । उनले लेखेका छन्,‘अब खोला मात्र हैन टुँडिखेल, खुल्लामञ्च पनि आफ्नो कार्यकर्तालाई दिने अध्यादेश पास भएछ । बधाई छ सरकारमा रहेका कार्यकर्ताहरुलाई ।’

    मन्त्रिपरिषद् बैठकले सिफारिसमा राष्ट्रपतिले भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ जारी गरेका थिए ।

    मन्त्रिपरिषद्ले पाँच वटा अध्यादेश जारी गर्नका लागि राष्ट्रपति समक्ष सिफारिस गरेको थियो । पाँच अध्यादेशमध्ये राष्ट्रपति पौडेलले यसअघि नै ४ वटा अध्यादेश जारी गरिसकेका थिए ।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्

    भर्खरै