images
images
  • अब मेलम्चीको पानी बन्द हुँदैन : खानेपानीमन्त्री यादव

    काठमाडौं– खानेपानीमन्त्री प्रदीप यादवले मेलम्चीको पानीको आपूर्ति अब बन्द नहुने बताएका छन्  ।

    बिहीबार ललितपुरमा आयोजित एक कार्यक्रममा मन्त्री यादवले विगतमा बर्षातको समयमा काठमाडौंमा पानी आपूर्ति बन्द हुने भए पनि अब बाह्रै महिना मेलम्चीको पानी आपूर्तिका लागि विकल्प खोजिसकेको बताए  ।

    उनले मेलम्ची नजिकै अर्को खोलाको पानी ल्याउने र शिवपुरीबाट पनि पानी आपूर्ति गर्नेगरि तयारी भइरहेको बताए  । उनले मेलम्ची पानी आपूर्तिमा उपत्यकावासीको विश्वास हट्न नदिने जिकिर गरे ।

    असारदेखि चार महिनाका लागि मेलम्चीको पानी बन्द गरिँदै आएकोमा यस वर्ष आफ्नो पहलका कारण दसैँ अगाडी नै मेलम्चीको पानी आपूर्ति गर्न सफल भएको उनले बताए  ।

    मन्त्री यादवले मेलम्चीबाट दैनिक २० करोड लिटर पानी आइरहेकोमा विविध कारणले ३ देखि ४ करोड पानी बागमतीमा पठाइएको जानकारी दिए ।

    उनले जलस्रोत धनी मुलुक नेपालमा खानेपानीको लागि आन्दोलन गर्नुपर्ने अवस्था अव नआउने बताए । मन्त्री यादवले अव काठमाडौं उपत्यकामा खानेपानीको समस्या नहुने प्रतिबद्धता जनाए  ।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्

    भर्खरै