images
images
  • रक्तचन्दनसहित माओवादी स्थानीय नेता पक्राउ

    रातोपाटीन्यूज, सिन्धूपाल्चोक । बलेफी गाउँपालिका–८ का माओवादी स्थानीय नेता ज्ञान बहादुर तिमल्सिनासहित काठमाडौ १४ का रमेश थापालाई पक्राउ गरेको छ ।

    ४३१ किलो रक्तचन्दनसहित काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकु प्रहरी टोलीले उनीहरुलाई माघ १ गते मंगलबार बेलुकी ७ बजे पक्राउ गरेको हो ।

    अबैध मानिएको रक्तचन्दनसहित तिमल्सिना पक्राउ परेपछि तातोपानी नाकाबाट तस्करीको रुपमा रक्तचन्दन निर्यात हुने गरेको तथ्य खुलेको छ । भारतबाट तिमल्सिना र उनको समूहले यसअघिपनि ठूलो परिणाममा रक्तचन्दन खासातर्फ तस्करी गरेको खुल्न आएको थियो ।

    उक्त प्रहरी कार्यालयका सूचना अधिकारी काजी कुमार आचार्यकानुसार तिमल्सिना र थापालाई गैरकानुनी रुपमा अबैध वन पैदावर रक्तचन्दन कारोबार गर्न लागेको प्रहरीलाई गोप्य सूचना मिलेको थियो र प्रहरीले खोजतलास गर्दा तिमल्सिनालाई उनकै पेप्सीकोलास्थित डेराबाट उक्त परिणामको रक्तचन्दनसहित पक्राउ गरेको थियो ।

    प्रहरीले उनीहरुलाई अहिले डिभिजन वन कार्यालय हात्तिसार काठमाडौंमा राखिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुले जनाएको छ ।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्

    भर्खरै