images
images
  • वर्तमान सरकारको तानाशाह शैली छ : माधव नेपाल

    सर्लाही– नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले वर्तमान सरकार तानाशाह शैलीमा अघि बढिरहेको आरोप लगाएका छन् ।

    सर्लाही सदरमुकाम मलंगवामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा नेता नेपालले उक्त आरोप लगाएका हुन् ।

    गैर लोकतान्त्रिक आचरण बोकेको हातमा देश गएकाले उनीहरू तानाशाह शैलीमा अघि बढिरहेको नेपालले बताए। मुलुकको राजनीति सही दिशातर्फ जान नसकेको भन्दै नेता नेपालले सरकार असफल दिशामा गइरहेको दाबी गरे ।

    दुई ठूला पार्टी मिलेर संविधान संशोधनका नाममा सरकार बनाएर जनतालाई मूर्ख बनाउन काम भएको उनको भनाइ छ । जनताले सुरक्षा र रोजगारी चाहेकोमा त्यो पूरा हुन नसकेको उनको टिप्पणी छ। विचाराधीन रहेका विधेयक पूरा नगरी अध्यादेश ल्याउनु गलत रहेको नेपाले बताए।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्

    भर्खरै