काठमाडौं । संघीय संसदको संयुक्त समितिले राष्ट्रिय आवश्यकताअनुरुप नागरिकहरुलाई राष्ट्रको सेवा गर्न तत्पर र सक्षम बनाउने विषयमा सरकारको ध्यानाकर्षण गराएको छ ।
आईतवार सिंहदरबारमा बसेको राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन संयुक्त समितिले मुख्यसचिव एकनारायण अर्यालमार्फत सरकारलाई ध्यानाकर्षण गराएको हो ।
बैठकमा समिति सभापति ठाकुरप्रसाद गैरेले राज्यका नीतिअनुसार गरेको काम र उपलब्धीहरु वार्षिक प्रतिवेदनमा नसमेटिएको बताए ।
उनले २०७९/८० को वार्षिक प्रतिवेदनमा जातजाति र भाषाभाषीबीच पारस्परिक सम्बन्ध बिस्तार गर्ने, राष्ट्रिय आवश्यकताअनुरुप नागरिकहरुलाई राष्ट्रको सेवा गर्न तत्पर र सक्षम बनाउने तथा पूर्वकर्मचारी, सैनीक लगायतका पूर्वराष्ट्र सेवकहरुमा रहेको ज्ञान, सीप र अनुभवलाई राष्ट्रहितमा समुचित उपयोग गर्ने विषय नसमेटिएको उल्लेख गरे ।
उनले अब बन्ने प्रतिवेदनमा यी विषयहरुमा गरिएका काम र प्राप्त उपलब्धि उल्लेख गर्न निर्देशन समेत दिए ।
बैठकमा संघीय संसदका महासचिव पद्मप्रसाद पाण्डेयले राज्यका सिद्धान्त नीति तथा कार्यक्रमहरुको प्रभावकारी कार्यान्वयनका लागि समिति अझै सक्रिय हुनुपर्ने बताए ।
उनले नीति तथा सिद्धान्त नै राज्यको सञ्चालक भएको उल्लेख गर्दै उनले यसको कार्यान्वयन भए/नभएको अनुगमन समितिले गर्नुपर्ने जिकिर गरे ।
उनले संघीय संसदको संयुक्त समिति भएको हिसाबले प्रतिनिधि सभा र राष्ट्रिय सभासँग समान रुपमा सहकार्य गर्दै अघि बढ्नुपर्ने बताए । ‘राज्यका तीनै अंगलाई ड्राइभ गर्छ । त्यो ड्राइभ ठिक छ कि छैन त्यसको भद्र अनुगमन चाहीँ यो समितिले गर्ने हो । राज्यलाई नै कता लाने भनेर यो समितिले राज्यलाई नै निर्देशन दिने भएको हुनाले यो समितिको काम कम आँक्न मिल्छ भन्ने मलाई चाहीँ लाग्दैन । यो समिति संयुक्त समिति भएको हुनाले प्रतिनिधि सभा र राष्ट्रिय सभासँग पनि उत्तिकै समन्वय गरेर अगाडि बढ्नुपर्छ’ उनले भने ।
बैठकमा आईतवार नेपालको संविधानको धारा ५३ बमोजिम संघीय संसदमा प्रश्तुत भएको नेपाल सरकारको वार्षिक प्रतिवेदनमाथि छलफल भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)





















प्रतिक्रिया दिनुहोस्