
काठमाडौं । हमास नियन्त्रणबाट मुक्त हुने ३३ बन्धकको सुची सार्वजनिक गरिएको छ । इजरायलसंगको युद्धविराम सम्झौताको पहिलो चरणअन्तर्गत हमासले उक्त संख्यामा बन्धकको सुची सार्वजनिक गरेको हो ।
सम्झौताअनुसार आइतबार तीन महिला बन्धक रिहा गर्ने हमासको घोषणासँगै युद्धविराम सम्झौता कार्यान्वयन सुरु भएको छ । सो सम्झौताअन्तर्गत पहिलो चरणमा इजरायलले तत्काल रिहा गर्नुपर्ने ३३ जनाको सूची हमासलाई बुझाएको थियो भने हमासले रिहाइको प्रतिबद्धता जनाएको थियो ।
रिहा हुने तीन महिलामा ३१ वर्षकी भेटनरी नर्स, सुपरनोभा फेस्टिभलका क्रममा बन्धक बनाइएकी २४ वर्षकी युवती र ब्रिटिस इजरेली दोहोरो नागरिकता रहेकी २८ वर्षकी युवती रहेको जनाइएको छ।
पाँच दिनअघि १५ जनवरी २०२५ मा कतार, अमेरिका र इजिप्टको प्रयासमा इजरायल र प्यालेस्टायनबीच युद्धविराम सम्झौता भएको थियो ।
युद्धविरामको पहिलो चरणअन्तर्गत आगामी ६ साताको अवधिमा हमासले ती ३३ बन्धक रिहाइ गर्ने जनाएको छ । तर, त्यो सुचीमा नेपालका विपिन जोशीको नाम समावेश गरिएको छैन ।
अध्ययनको शिलशिलामा इजरायलमा रहेका विपिनलाई ७ अक्टोबर २०२३ मा हमासले दक्षिणी इजरायलबाट बन्धक बनाएको थियो । त्यसयता उनको अवस्था अज्ञात छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)
प्रतिक्रिया दिनुहोस्