images
images
  • महानगर भित्रका ज्येष्ठ नागरिकहरुलाई रोग अनुसार औषधि दिन लागत सङ्कलन गर्दै

    काठमाडौं । काठमाडौँ महानगरपालिकाले ७० वर्ष उमेर पूरा भएका ज्येष्ठ नागरिकहरूले सेवन गर्ने दीर्घ रोगसम्बन्धी औषधिको लागत सङ्कलन गरिरहेको जनाइको छ ।

    ‘कामपामा रहेको ३२ वटै वडाको विवरण प्राप्त भएपछि उनीहरूको स्वास्थ्य प्रवद्र्धनका थप कार्यक्रम तर्जुमा गर्न सहज हुनेछ’, विभागका प्रमुख दीपक केसीले भने ।

    मेडिकल अधिकृत डा दिवस न्यौपानेका अनुसार हरेक ज्येष्ठ नागरिकको मोबाइलमा सन्देश पठाएर सहयोगीमार्फत गुगल फर्ममा विवरण मागिएको छ ।

    अहिलेसम्म एक हजार चार सय ९६ जनाको विवरण प्राप्त भइसकेको छ । उनीहरूमध्ये धेरैले मधुमेह र उच्च रक्तचापको औषधि सेवन गरिरहेका छन् ।

    महानगरपालिकाभित्रै बसोबास गरिरहेका ७० वर्ष उमेर पूरा भएका नागरिकले परिवारका सदस्य वा सहयोगीमार्फत नजिकैको स्वास्थ्य प्रवर्धन केन्द्रमा विवरण टिपाउन सकिने महानगरको भनाइ छ ।

    विभागलाई प्राप्त भएको विवरणमा ६८ वर्ष उमेर पूरा भएका ज्येष्ठ नागरिकको सङ्ख्या ३७ हजार ६ सय ५४ जना छ । ७० वर्ष उमेर पूरा भएकाको सङ्ख्या २३ हजार सात सय ७० जना छ । महानगरको विवरणमा एक सय १० वर्ष उमेरको व्यक्ति समेत भएको तथ्याङ्क छ ।

    साथै एक सय वर्ष उमेर पूरा हुनुभएका ज्येष्ठ नागरिकको सङ्ख्या ४७ छ । साथै ९० देखि ९९ वर्षसम्मका आठ सय ६४, ८० देखि ८९ वर्षसम्मका पाँच हजार चार सय ८३ र ७० देखि ७९ वर्षसम्मका व्यक्तिहरूको सङ्ख्या १७ हजार तीन सय ७४ छ ।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्

    भर्खरै