images
images
  • संसद्को हिउँदे अधिवेशन माघ १८ गते बोलाउने सरकारको निर्णय

    काठमाडौं । सरकारले संघीय संसद्को हिउँदे अधिवेशन माघ १८ गते बोलाउने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले माघ १८ गते संघीय संसदको दुवै सदनको बैठक बोलाउन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेको हो ।

    वर्षे अधिवेशन गत भदौ ३१ गते अन्त्य गरिएको थियो । विपक्षी दलहरुले संसदको हिउँदे अधिवेशन शीघ्र बोलाउन माग गर्दै आएका थिए ।

    नेपाल सरकार, मन्त्रिपरिषद् बैठकको सिफारिसमा राष्ट्रपतिले सङ्घीय संसद्को अधिवेशन आह्वान गर्ने संवैधानिक व्यवस्था छ ।

    मन्त्रिपरिषद् बैठकअघि प्रधानमन्त्री केपी शर्मा ओली र सभामुख देवराज घिमिरेबीच संसद् अधिवेशन आह्वान गर्ने सम्बन्धमा परामर्श भएको थियो ।

    प्रधानमन्त्री निवास बालुवाटारमा उनीहरूबिच संसद् अधिवेशन आह्वान र संसद्को ‘बिजनेस’का बारेमा कुराकानी भएको थियो।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्

    भर्खरै