images
images
  • आठ जनालाई भ्रष्टाचार मुद्दामा दोषी ठहर

    काठमाडौं – विशेष अदालतले मालपोत कार्यालय, टीकापुर कैलालीका तत्कालीन कार्यालय प्रमुख मोहन स्नेही रसाइलीसहित आठ जनालाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ ।

    विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर र न्यायाधीशहरू मुरारीबाबु श्रेष्ठ र विदुर कोइरालाको इजलासले आज आठमध्ये चार जनालाई मुख्य अभियुक्त र चार जनालाई मतियार ठहर गरेको हो ।

    अदालतले मालपोत प्रमुख रसाइलीलाई एकवर्ष, मानबहादुर चन्दलाई नौ महिना, अग्नीबहादुर शाही र दशरथ मण्डललाई जनही छ महिना कैदको फैसला सुनाएको हो । मतियारहरु विन्द्रा रावल, कमलबहादुर रावल, सुनीलवहादुर रावल र विमल रावललाई छ महिना कैद हुने फैसला सुनाएको छ ।

    अदालतले दोषी ठहर भएकामध्ये विन्द्रा रावल ज्येष्ठ नागरिक भएकाले ७५ प्रतिशत कैद कट्टा भई एक महिना १५ दिन मात्र कैद बसे हुने फैसला सुनाएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आठ जना विरुद्ध रु २४ करोड छ लाख ६९ हजार भ्रष्टाचार गरेको अभियोगमा मुद्दा दायर गरेको थियो ।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्

    भर्खरै