images
images
  • प्रचण्ड भन्छन्- सहिद परिवारको दु:खसुखको साथी नै माओवादी

    बाँके– प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड यति बेला लुम्बिनी र कर्णालीको भ्रमणमा छन् ।

    बाँकेको नेपालगञ्जमा रहेर उनी विभिन्न जिल्लाको भ्रमण गरिरहेका छन् । उनी बिहीबार बाँकेको खजुरा-३ स्थित धवलागिरी गाउँमा पुगे ।

    उनी माओवादीका सहिद डम्बर रानाभाटको घरमा पुगेर खाना खाएका छन् । उनले माओवादीका सहिद परिवारसँग भेट गर्दै बिहानको खाना त्यही घरमा खाएका छन् ।

    त्यसक्रममा क्रममा उनले सहिदहरू कहिल्यै नमर्ने उल्लेख गर्दै सहिद परिवारको दु:ख पीडाको साथी माओवादी भएको बताए ।

    आफू तेस्रो पटक प्रधानमन्त्री भएको बेला जनयुद्धका सबै सहिदलाई राष्ट्रिय सहिद घोषणा गरिएको जानकारी दिए । अब सहिद तथा बेपत्ता परिवारको सम्मान राज्यले गर्ने पनि उनले बताए ।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्

    भर्खरै