images
images
  • सरकारले खोस्यो २३ पालिकाका निमित्त प्रशासकीय अधिकृतको जिम्मेवारी (सूचीसहित)

    काठमाडौं । देशभरका स्थानीय तहमा निमित्त प्रमुख प्रशासकीय अधिकृतको रूपमा कार्यरत २३ अधिकृतको जिम्मेवारी खोसिएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सूचना जारी गर्दै १० नगरपालिका र १३ गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृतलाई जिम्मेवारीबाट हटाएको हो ।

    केही स्थानीय तहमा वरिष्ठ कर्मचारी हुँदाहुँदै कनिष्ठलाई निमित्त प्रमुख प्रशासकीय अधिकृत बनाएको पाइएपछि मन्त्रालयले जिम्मेवारीबाट हटाइएको हो । सबैभन्दा बढी धनुषा र हुम्लाका ३-३, महोत्तरी, बारा, सर्लाही, मुगु र अछामका २-२ स्थानीय तह रहेका छन् ।

    मन्त्रालयले ९ माघमा गरेको निर्णयअनुसार पालिकामा निमित्त भएर कामकाज गर्दै आईरहेका अधिकृतहरु आर्थिक र प्रशासनिक जिम्मेवारी रद्द गरेको जनाएको छ । पछिल्लो समयमा स्थानीय तहका प्रमुखहरूकै सिफारिसमा पालिकामा कार्यरत विभिन्न शाखाका प्रमुखहरूले निमित्त प्रमुख प्रशासकीय अधिकृत भएर कामकाज गर्दै आएका थिए ।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्

    भर्खरै