images
images
  • ८४ मा ६४ को झैँ बहुमत दिनुस्, हामी सच्चिन्छौँ : प्रचण्ड

    काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अब आफू सच्चिने भन्दै २०८४ मा बहुमत दिन आग्रह गरेका छन्।

    माओवादी केन्द्र  तुलसीपुर नगर कमिटीले आज आयोजना गरेको पार्टीको तेस्रो नगर अधिवेशन उद्घाटन गर्दै उनले २०६४ कै जस्तो बहुमत दिन आग्रह गरेका हुन्।

    उनले भने, ‘६४ मा जुन मत दिएर हामीलाई बहुमत दिनुभयो। अब ८४ मा पनि त्यस्तै माया गरेर बहुमत दिनुहोस्। हामी बहुमतमा आउने छौँ। त्यो बहुमतले यो देशबाट भ्रष्टाचारलाई जराकिला उखेलेर फाल्ने छ।’

    यस्तै उनले त्यो बहुमतले यो देशमा सामाजिक विभेदको पुरै अन्त्य गर्ने र यो देशलाई आर्थिक विकास र रोजगारीको एउटा नयाँ युगतिर लैजानेसमेत बताए।

    उनले भने,‘ म यो बारेमा तपाईँहरूसँग सङ्कल्प गरेको छु। तपाईँहरूले यस बारेमा विचार गरिदिनुहोला। आफ्ना छोराछोरी सम्झेर, माफी दिएर ८४ मा ६४ झै माया गरेर बहुमत दिनुहोला। त्यसको न्यायाधीश तपाईँहरू नै हो।’

    उनले माओवादी आन्दोलनबाट विभाजित भएका सबै पार्टीहरूलाई एकताबद्ध गर्ने अभियान शुरु गरेको भन्दै त्यो अभियान छिट्टै सार्थक हुने पनि बताए।

    अब सुशासन, सामाजिक न्याय र आर्थिक विकासको लडाइँमा माओवादी पार्टी लड्न चाहेको भन्दै त्यसको नेतृत्वको हैसियतले आफू जीवनको अन्तिमसम्म लडेर जितेर अगाडि जान  चाहेकाले साथ दिन आग्रह गरे। उनले विधान मिचेर बनेको केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकार असंवैधानिक भएको समेत बताए।

    उनले भ्रष्टाचारमा संलग्न फरार अभियुक्तलाई पक्राउ गर्ने वित्तिकै आफूलाई ठूला पार्टी भन्नेहरू डराएर अप्राकृतिक गठबन्धन गरी सरकार बनाएको दावी गरे।

    यस्तै उनले घाटामा गएको विद्युत प्राधिकरणलाई ५० अर्ब नाफामा लैजाने कुलमान घिसिङलाई हटाउन निकै जालझेल रचेको बताउँदै संवैधानिक परिषद्‍मा समेत गठनबन्धनको बहुमत नपुग्ने भएपछि उपसभामुख इन्दिरा रानालाई पनि विभिन्न आरोप लगाएर हटाउने प्रयास गरी दिउँसै रात पार्ने काम गरेको आरोप लगाए।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्

    भर्खरै