images
images
  • प्रधानमन्त्रीले बोलाए सरकार समर्थक दलहरुको बैठक

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार समर्थक दलको बैठक बोलाएका छन् । अध्यादेशमा एकै स्वर बनाउन सोमबार साँझ ५ बजे बालुवाटारमा बस्ने गरी सत्तारुढ दलको बैठक बोलाइएको हो ।

    यही माघ १८ गतेदेखि सुरु हुने संसद्को हिउँदे अधिवेशनमा प्रधानमन्त्री ओलीले आफ्ना धारणा राख्ने कार्यक्रम छ । सरकारले ल्याएको अध्यादेशको पक्षमा उभिन कांग्रेस र एमालेले आफ्ना सांसदहरूलाई निर्देशन दिएका छन् । तर, अन्य दल भने अध्यादेश ल्याएकोमा खुशी छैनन् । यही कुरा बुझेका ओलीले साना दललाई पनि विश्वासमा लिन बैठक राखेको बताइन्छ ।

    केही दिन अघिसम्म अस्वस्थ भएका प्रधानमन्त्री ओली आज भने सार्वजनिक कार्यक्रममा पनि सहभागी हुँदैछन् । आजका लागि प्रधानमन्त्री ओलीका तीन वटा कार्यक्रम तय भएका छन् । प्रधानमन्त्री ओली आज बिहान साढे १० बजे सम्पत्ति शुद्धीकरण निवारण राष्ट्रिय दिवसको अवसरमा नेपाल प्रशासनिक प्रशिक्षण ललितपुरमा आयोजित कार्यक्रम सहभागी हुँदैछन् ।

    आजै दिउँसो १ बजे उनी भक्तपुरको कटुन्जेस्थित सूर्यविनायक नगरपालिकाको प्रशासकीय भवन उदघाटन कार्यक्रममा सहभागी हुने छन् । त्यसपछि साँझ ५ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सत्ता गठबन्धनको बैठकमा सहभागी हुने कार्यक्रम छ ।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्

    भर्खरै