
रातोपाटी न्यूज, सिन्धुपाल्चोक – अन्तर्राष्ट्रिय तेक्वान्दो मास्टर तथा युएईका पहिलो नेपाली राष्ट्रिय रेफ्री जगन अधिकारीसहित खेलाडी र समाजसेवी सम्मानित भएका छन् ।
तामाङ समाज यूएई, अबुधाबी क्षेत्रीय समितीद्वारा शनिबार इन्डियन इस्लामिक सेन्टर (अबुधाबीमा आयोजना गरिएको कार्यक्रममा उनीहरु सम्मानित भएका हुन् ।
मञ्जुश्री संवत् २८६१ औ डुल ल्हो (सर्प बर्ग) सोनाम ल्होछार तथा सेलो बिशेष कार्यक्रममा अधिकारी, कराँते राष्ट्रिय खेलाडी एबंम युएईमा कराँते प्रशिक्षण गराई रहेकी शान्ति तामाङ, सामाजिक कार्यमा सक्रिय डबल डेकर बस चालक शान्ती भण्डारी र समाजसेवी पेमा तामाङलाई सम्मान गरिएको थियोे ।
सम्मानित सबैलाई नेपाली समाजका अध्यक्ष राम मोक्तान, तामाङ समाज यूएईका अध्यक्ष भिम दोङ्, तामाङ समाज यूएईका सल्लाहकार सम्भु वाईवा, तामाङ समाज यूएई अबुधाबी क्षेत्रीय समितीका अध्यक्ष लवाङ दोर्जे लगायतले खादा तथा सम्मान पत्र प्रदान गरेका थिए ।
कार्यक्रममा बोल्दै तामाङ समाज यूएईका संस्थापक कोषाध्याक्ष, पुर्बअध्यक्ष तथा प्रमुख संरक्षक नेपाली समाजका अध्यक्ष राम मोक्तानले सम्मानित सबैलाई बधाई दिदै बिगत लामो समय देखी युएईमा रहेर तेक्वान्दो खेलमार्फत नेपालको नाम राख्दै युएईमा बिभिन्न देशका खेलाडीहरु लगायत नेपालीहरुलाई तेक्वान्दो प्रशिक्षण गर्नुका साथै नेपाली खेलाडीहरुलाई अवसर प्रदान गर्दै आएका अधिकारी लगायत बिभिन्न क्षेत्रमार्फत नेपालको नाम राख्दै आएका ब्यक्तित्वहरुलाई सम्मान गरेकोमा तामाङ समाज यूएई, अबुधाबी क्षेत्रीय समितीलाई धन्यबाद ब्यक्त गरेका थिए।
सम्मान पश्चात कराँते खेल मार्फत बिभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पदक जित्न सफल खेलाडी हाल युएईको आबुधाबीस्थित वारियर एकेडेमीमा कराते प्रशिक्षण गराउदै आएकी शान्ति तामाङले कार्यक्रम आयोजकले फरक बिधामा अगाडी बढ्दै आएका हामी नेपालीहरुलाई सम्मान गरेर अझै राम्रो काम गर्न प्रेरणा प्रदान गरेको बताइन् ।
उक्त कार्यक्रममा बोल्दै तामाङ समाज यूएई, अबुधाबी क्षेत्रीय समितीका उपाध्यक्ष एबम कार्यक्रमका संयोजक श्याम तामङले नेपालीहरु माझ चिरपरिचित मध्यपुर्वको पर्यटन क्षेत्रकी पहिलो महिला डबल डेकर बस चालक शान्ती भण्डारी, सामाजिक कार्यमा सक्रिय रहदै आएकी पेमा तामाङ लगायत खेल क्षेत्रमा स्थापित ब्यक्तित्वहरुलाई सम्मान गर्न पाउदा खुशी लागेको र आगामी दिनहरुमा पनि बिभिन्न संस्थाहरुले पनि यसको अनुसरण गर्दै बिभिन्न क्षेत्रमा राम्रो काम गर्दै आएका नेपालीहरुलाई हौसला प्रदान गर्नको निम्ती यस्तै कार्यक्रम आयोजना गर्न सुझाब दिए।
भब्य रुपमा सम्पन्न भएको उक्त कार्यक्रममा नेपालबाट गएका तामाङ समुदायको चर्चित गायक गायिकाहरु मनमाया वाईवा, संजिव घिसिङ र सुमिना लो लगायत स्थानिय कलाकारहरुले प्रस्तुती दिएका थिए। कार्यक्रममा ब्यापक नेपालीहरुको उपस्थिती रहेको थियो ।
तामाङ समाज यूएई तथा अबुधाबी क्षेत्रीय समितिले बिभिन्न सामाजिक कार्यहरुमा अग्रसर रहेर कार्य गर्दै नेपाली समुदायलाई सहयोग गर्दै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)
प्रतिक्रिया दिनुहोस्