images
images
  • भूमिसम्बन्धी अध्यादेश र सामाजिक सञ्जाल विधेयक फिर्ता गर्न रास्वपाको माग

    काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डा. स्वर्णिम वाग्लेले संविधानले नचिनेको संयन्त्रको सल्लाह लिएर सरकारले अध्यादेश ल्याएको दाबी गरेका छन् ।

    शुक्रबार संघीय संसद्को हिउँदे अधिवेशनको पहिलो बैठकलाई सम्बोधनका क्रममा वाग्लेले भूमिसम्बन्धी अध्यादेश अत्यन्त विवादित भएको बताएका छन् । उनले सामाजिक सञ्जालसम्बन्धी विधेयक सरकारले तत्काल फिर्ता लिएर संशोधन गर्नुपर्ने बताए ।

    ‘नेपालको जाँचबुझ आयोग अनुसार सबै नेताको सम्पत्ति छानबिन होस् । सबै काण्डको छानबिन समिति गठन गर्नुपर्छ । ७ महिनामा सरकार एकै व्यक्तिमाथि खनियो । निर्वाचित अधिनायकत्वतर्फ सरकार गयो । अध्यादेशमा एक दुई कुरा राम्रा छन्’, उनले भने, ‘’राम्रालाई हामी पनि राम्रो भन्छौँ। भूमि सम्बन्धी अध्यादेश अत्यन्त विवादित छ । संविधानले नचिन्ने संयन्त्र बनाएर अध्यादेश ल्याउने काम गरियो । आसेपासेले ऐन बनाउने काम आपत्तिजनक छ । सामाजिक सञ्जालसम्बन्धी विधेयक फिर्ता लिएर फेरि संसाधनसहित पेस गर्नुपर्छ ।’

    उनले दुई ठूला दलको बलमा बनेको सरकार भए पनि अर्थतन्त्र तंग्रिन नसकेको बताए ।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्

    भर्खरै