
काठमाडौं– प्रतिपक्षी दल नेकपा (एकीकृत समाजवादी)का वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेले ६ महिनाको अवधिमा देखाउने कुनै राम्रा काम नभएपछि सरकारले अध्यादेश ल्याएको टिप्पणी गरेका छन् ।
प्रतिनिधिसभाको पाँचौँ अधिवेशनको पहिलो बैठकमा शुक्रबार सम्बोधनका क्रममा वरिष्ठ उपाध्यक्ष पाण्डेले कांग्रेस–एमाले सरकार गठनको ६ महिना पुगिसक्दा पनि देखाउने राम्रो काम नभएपछि अध्यादेश ल्याइएको टिप्पणी गरेका हुन् ।
‘दुईवटा ठूला पार्टीले सम्झौता गरेर सरकार बनाएका छन् । यसबीचमा देखाउनलायक केही कामहरू भएन । ६ महिनाबीचमा केही काम राम्रोसँग देखाउन सकिएन,’ पाण्डेले भने, ‘अध्यादेशबाट हामीले धेरै कुराको ढोका खोल्यौँ भन्न पनि यस्तो गर्नु पर्यो ।’
उनले सरकारलाई अध्यादेश ल्याउन पाउने संवैधानिक व्यवस्था गरिएको स्मरण गर्दै अधिवेशन सुरु हुनै लाग्दा अध्यादेश ल्याउनुको कारणबारे पनि प्रश्न गरे ।
‘अध्यादेश सरकारले ल्याउनै पाउँदैन भन्ने होइन, ल्याउन सक्छ, तर, सरकारले अब केही दिनभित्रै अधिवेशन सुरु हुने बुझेर पनि हतार हतारमा किन आध्यादेश ल्याउनु पर्यो ? पाण्डेले भने’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)
प्रतिक्रिया दिनुहोस्