images
images
  • नेपाली विद्यार्थीको सुरक्षा सुनिश्चितता गर्ने ओडिसाका शिक्षा मन्त्रीको प्रतिबद्धता

    काठमाडौँ – भारतको ओडिसा राज्यका शिक्षामन्त्री सूर्यवंशी सुरजले कालिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी)मा अध्ययनरत नेपाली विद्यार्थीको सुरक्षा सुनिश्चितता गर्ने प्रतिबद्धता जनाएका छन् ।

    एक सूचना जारी गर्दै उनले त्यहाँ रहेका नेपाली विद्यार्थीको सुरुक्षा सुनिश्चितताका लागि सहायता कक्ष (हेल्पडेस्क)समेत राखिएको जनाउँदै विद्यार्थीलाई कुनैपनि खालको सहायतका आवश्यकता परेमा सहयोग लिनसक्ने जनाएका छन् ।

    यस विषयमा आफ्नो गम्भीर ध्यानाकर्षण भएको उल्लख गर्दै विद्यार्थीको सुरक्षा र सहायताका लागि २४ सै घण्टा सहायताकक्ष सक्रिय रहने उनले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

    केआईआईटीमा विटेक तेस्रो वर्षमा अध्ययनरत बुटवलकी छात्रा प्रकृति लम्सालको शंकास्पद ‘मृत्यु’ पश्चात् विरोध गर्ने नेपाली विद्यार्थीलाई रातारात निकाल्ने र दुर्व्यवहार गर्ने गरेको पाइएपछि विद्यार्थीको सुरक्षाका सम्बन्धमा सबैको चासो छ । यस बिषयमा नेपाल र भारतमा अहिले पनि विरोध भइरहेको छ । मृतक छात्रा प्रकृतिको बुधबार राति उनको घर भैरहवाको स्वर्गद्वारीमा अन्तिम संस्कार गरिएको छ ।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्

    भर्खरै