images
images
  • आठ दलीय मोर्चाको निष्कर्ष : ‘नो केबलकार’ आन्दोलनमा प्रहरीले अत्यधिक दमन गर्‍यो

    काठमाडौं – मधेशवादी राजनीतिक दलहरुले पाथीभरा मुकुम्लुङमा ‘नो केबलकार’ पक्षधर समुहबाट भइरहेको आन्दोलनमा प्रहरीद्वारा अत्यधिक दमन भएको निष्कर्ष निकालेका छन् ।

    आइतबार राष्ट्रिय मुक्ति पार्टी नेपालको कार्यालय शंखमुलमा बसेको बैठकले नो केबलकार समुहद्वारा भइरहेको संघर्षमा प्रहरीद्वारा अत्यधिक दमन, अनावश्यक धडपकड र झुठा मुद्दा लगाउने जस्ता कार्यहरु भैरहेको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

    मुक्ति पार्टीका नेता केशव झाका अनुसार मुकुम्लुङ घटनामा गिरफ्तार गरिएका आन्दोलनकारीहरुलाई विना शर्त रिहाई गर्न माग गर्ने बैठकले निर्णय गरेको छ । सरकारलाई तत्काल वार्ता र सम्वाद मार्फत समस्याको समाधान खोज्न समेत माग गर्ने निष्कर्षमा पुगेको झाले बताए ।

    आठ दलिय मोर्चामा लोकतान्त्रिक समाजवादी पार्टी, जनमत पार्टी, जनता समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी, जनता प्रगतिशील पार्टी र तराई मधेश लोकतान्त्रिक पार्टी छन् ।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्

    भर्खरै