
काठमाडौं । नेपाल प्रहरीका १२ प्रहरी निरीक्षक (इन्स्पेक्टर) को काज सरुवा भएको छ । डीएसपी बढुवा भएपछि रिक्त कार्यालयमा प्रहरी प्रधान कार्यालयले उनीहरुको काज सरुवा गरेको हो ।
उनीहरुलाई आवश्यकता अनुसार काज खटाइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । प्रहरी निरीक्षकहरुलाई अर्को आदेश नभएसम्मको लागि काज खटाइएको छ । खटिएको स्थानमा अबिलम्ब हाजिर हुन पनि प्रहरी प्रधान कार्यालयले निर्देशन दिएको छ ।
प्रहरी प्रभाग पुल्चोकमा इन्सपेक्टर गम्भीर जङ थापाको सरुवा भएको छ भने इलाका प्रहरी कार्यालय महेन्द्रनगर धनुषामा नितेशकुमार सिंहको काज सरुवा गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)
प्रतिक्रिया दिनुहोस्