images
images
  • अहिलेको परिवर्तन माओवादीले ल्याएको हो : प्रचण्ड

    काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले अहिलेको परिवर्तनमाथि प्रश्न उठाउन खोजिएको बताएका छन् ।

    सोमवार झापाको कचनकवलमा सुरु भएको जनतासँग माओवादी अभियानको उद्घाटन गर्दै अध्यक्ष दाहालले यस्तो बताएका हुन् । उनले अहिलेको परिवर्तन त्यत्तिकै नआएको बताए । उनले हजारौँ वीर शहीदहरूको रगत र पसिनाबाट अहिलेको परिवर्तन सम्भव भएको बताए । माओवादीले ल्याएको अहिलेको परिवर्तनमाथि प्रश्न उठाउने गरिएको भन्दै आपत्ति जनाए ।

    उनले भने ‘अहिलेको परिवर्तन त्यत्तिकै पाइएको होइन । तपाईँ हाम्रा हजारौँ वीर छोराछोरीहरूले रगतको मूल्य तिरेर मात्रै देश संघीय लोकतान्त्रिक गणतन्त्रमा गएको हो । यो संघीय लोकतान्त्रिक गणतन्त्रप्रति दलालहरूले तपाईँ हामी जनतालाई माया गरेर हामीलाई दिएको परिवर्तन होइन ।’

    अध्यक्ष दाहालले एकथरीले प्राप्त उपलब्धि खोस्न संविधानमाथि आक्रमण गर्ने गरेको बताए ।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्

    भर्खरै