
काठमाडौँ – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेस स्थानीय तह समन्वय विभागमा १० जनाको नाम मनोनित गरेका छन् ।
सोमबार कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २५ (९) बमोजिम पार्टीका केन्द्रीय सदस्य मधु आचार्य प्रमुख रहेको विभागमा १० जनालाई मनोनयन गरेका हुन् ।
मनोनयन हुनेहरुमा गीता सत्याल (ललितपुर), उमा थापा (बाँके), विनोद यादव (महोत्तरी), रविन राई (मोरङ), डा. हेमराज लामिछाने (चितवन) रहेका छन् ।
यस्तै पुरुषोत्तम नेपाल (काभ्रेपलाञ्चोक), राजु गुरूङ (गोरखा), बाबुकृष्ण सापकोटा (धादिङ), गोरख बहादुर सुनार (जुम्ला) र निर्प खड्का (कैलाली)को नाम मनोनयन गरिएको कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)
प्रतिक्रिया दिनुहोस्