images
images
  • त्रिभुवन विमानस्थलमा तीन उज्वेक महिला ३.७७ किलो सुनसहित पक्राउ

    काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल प्रहरीको विशेष अपरेशन अन्तर्गत तीन जना विदेशी नागरिकलाई सुन तस्करीको आरोपमा पक्राउ गरिएको छ । बुधबार साँझ फ्लाई दुवईको एफजेड५७५ उडानमार्फत काठमाडौं आइपुगेका ती विदेशी महिलाहरूलाई प्रहरीले विमानस्थलबाट बाहिरिएलगत्तै नियन्त्रणमा लिएको हो ।

    विमानस्थलमा भन्सार जाँच पार गरिसकेका तीन उज्वेक नागरिक महिलाहरूलाई नेपाल प्रहरीको सादा पोशाकका टोलीले शंका गर्दै रोक्ने निर्णय गरेको थियो । प्रारम्भिक सोधपुछपछि थप अनुसन्धान गर्दा उनीहरूको साथबाट ३ किलो ७७५ ग्राम सुन फेला परेको थियो । बरामद गरिएको सुन आठ वटा टुक्रामा विभाजित अवस्थामा रहेको प्रहरीले जनाएको छ ।

    प्रहरीले प्रारम्भिक अनुसन्धानका आधारमा पक्राउ परेका तीन महिलाहरू कुनै ठूला तस्करी गिरोहका भरियाहरू हुन सक्ने अनुमान गरेको छ । तस्करीमा संलग्न समूहले विभिन्न देशका नागरिकहरूलाई आकर्षक पारिश्रमिकको प्रलोभनमा पारेर नेपाल पठाउने गरेको आशंका गरिएको छ ।

    प्रहरी स्रोतका अनुसार, उनीहरू नेपाल आउनुअघि नै योजना तयार पारिएको थियो र आवश्यक सम्पर्क व्यक्ति नेपालमा व्यवस्था गरिएको हुनसक्ने देखिएको छ ।

    नेपाल प्रहरीले बरामद गरिएको सुनको शुद्धता परीक्षण गर्ने प्रक्रिया अघि बढाइसकेको छ । पक्राउ परेका महिलाहरूको विस्तृत बयान लिने कार्य भइरहेको छ । नेपालमा पछिल्ला वर्षहरूमा सुन तस्करीका घटना बारम्बार सार्वजनिक भइरहेका छन् ।

    विमानस्थलमार्फत हुने अवैध सुन आयात रोक्न सुरक्षाकर्मीहरूले विशेष निगरानी बढाएका छन् । तथापि, तस्करहरूले नयाँ–नयाँ तरिकाबाट सुन भित्र्याउने क्रम रोकिएको छैन ।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्

    भर्खरै