images
images
  • नेपाल हवाई सेवा प्राधिकरण विधेयक प्रतिनिधि सभामा दर्ता

    काठमाडौं । सरकारले नेपाल हवाई सेवा प्राधिकरण विधेयक प्रतिनिधि सभामा दर्ता गरेको छ । पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले उक्त विधेयक संसदमा दर्ता गरेको हो ।

    विधेयकमा निजी क्षेत्रले पनि विमानस्थल सञ्चालन गर्न सक्ने गरी कानुनी व्यवस्थाको प्रस्ताव गरिएको छ ।

    प्राधिकरणले आफू अन्तर्गतको विमानस्थल नेपाल सरकारको स्वीकृति लिई कुनै सरकार वा गैरसरकारी निकाय वा प्रतिस्पर्धात्मक विधिबाट निजी क्षेत्रलाई करार सम्झौता गरी सञ्चालन तथा व्यवस्थापन गर्न दिन सक्ने व्यवस्था विधेयकमा उल्लेख गरिएको छ । त्यस्तै विमानस्थल निर्माणमा पनि निजी वा संयुक्त साझेदारीमा निर्माण गर्न प्रस्ताव गरिएको छ ।

    प्रतिनिधि सभाको अघिल्लो कार्यकालमा नागरिक उड्डयन प्राधिकरण टुक्र्याएर नियामक र सेवा प्रदायक छुट्टाछुट्टै बनाउने गरी विधेयक संसदमा पेस भएको थियो ।

    राष्ट्रिय सभाले विधेयकमाथि संशोधन गर्दै पारित गरे पनि प्रतिनिधि सभामा छलफलकै क्रममा रहेका बेला कार्यकाल सकिएपछि विधेयक जारी हुन नसकेर खारेज भएको थियो ।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्

    भर्खरै